काठमाडौं । राजधानी मुटु मानिने ठमेल क्षेत्र रातभर जागा रहन्छ । तेहीभित्र क्लब, दोहोरी, रेष्टुरेन्टहरु ग्राहकको सेवामा खुला रहन्छन् । सुरक्षाकालागि भन्दै सुरक्षागार्ड, बाउन्सर तिनै क्लब र दाहोरीले पालिरहेका हुन्छन । तिनै सुरक्षागार्डबाट क्लबभित्र मनोरञ्जन गर्न आएका ग्राहक कुटिएको घटना सार्वजनिक भएको छ ।
गत शुक्रबार साथीको भिषा आएर विदेश जाने पक्का भएपछि काठमाडौं पेप्सीकोलाका रोहण प्रधान ठमेल पुगे । साथीहरुसंगै गएका उनी ठमेलमा रहेको टेन एक्स नाम गरेको क्लबभित्र छिरे । तेहाँभित्र रमाइलो वातावरण चलिरहेको थियो । मदिराका सौखिनहरु तालमा झुमिरहेका थिए । तेही रमाइलो गर्दै थियो रोहणको टिम पनि । तर, एक्कासी आएर (बाउन्सर) तैथान सुरक्षा गार्ड जस्तैले रोहणलाई कुटपिट गरे । मदिरा खाएर नाच्दा केही तलमाथी भएको भएपनि घाइते नै बनाउने गरि आफुमाथी कुटपिट भएको रोहणको भनाई छ । जानाजान गल्ती नगरेको उनले प्रष्ट पारे ।
माहोल फरक भयो । उनीहरुले रोहण र उनका साथीलाई धकेल्दै बाहिर ल्याए । त्यसपछि निकै समय ती बाउन्सरहरुले लक हाने अर्थात रोहणलाई काबुमा ल्याउने प्रयास गरे । यसरी घाटीँमा आधा घण्टाजति लक हान्दा मानिसको जिवन नै तलमाथी हुन जान्छ, किन त्यसो गरियो, रोहणकी दिदी मेघा प्रधानले नयाँ नेपाल न्यूजसंग भनिन् । ‘मेरा भाइले गल्ती नै गरेको भएपनि उसलाई बाहिर ल्याएपछि किन कुटपिट गरियो ?’ मेघाले प्रश्न गरेकी छिन् । वातावरण शान्त बनाउन तैनाथ भएका बाउन्सरबाट नै क्लब गएका ग्राहक सुरक्षीत हुन नसेकेको उनको भनाई छ । महिलाकोलागि मात्र नभएर अब मनोरञ्जन गर्न जाने पुरुषकोलागि पनि क्लब असुरक्षीत भएको मेघाको भनाई छ ।
क्लबका बाउन्सरको कुटपिटबाट रोहणको आखाँमा चोट लागेको छ । घाटीँ, हात, गोडालगायतका शरिरका अंगमा समस्या भएको परिवारको भनाई छ । पीडितले आवश्यक कारवाही गरिपाउ भनि महानगरीय प्रहरी वृत्त सोह््रखुट्टेमा उजुरी दिएका छन् । घाइतेको उपरचार भईरहेको दिदी मेघाले बताइन् ।
यसबारेमा टेन एक्स क्लबका प्रतिनिधीसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन् । मदिरा र नृत्यका सौखिनका लागि क्लब एउटा मनोरञ्जन गर्ने थलो भएपनि तेहाभित्रको ज्यादती, मंहगीले उक्त क्षेत्र सधै बदनाम छ ।