पेट्रोल नपाएको भन्दै पेट्रोल पम्पमा गोली चल्यो

215

काठमाडौ । पेट्रोल हाल्ने बिषयमास्टेसनमा गोली चलेको छ । श्रीलंकामा हिजो राति कोलम्बोबाट ३ सय ६५ किलोमिटर उत्तरमा रहेको भिसुवामाडुमा भिड नियन्त्रण गर्न सेनाले गोली चलाएको हो ।

सेनाका प्रवक्ता निलान्था प्रेमरत्नेका अनुसार सेनाको ‘गार्ड प्वाइन्ट’ मा ढुंगा प्रहार भएपछि गोली चलाइएको हो । २० देखि ३० जनाको समूहले ढुंगा हानेर सेनाको ट्रकमा क्षति पुर्याएको त्यहाँको सेनाले जनाएको छ ।

गोली प्रहारबाट चार सर्वसाधारण र तीन सैनिक घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ । पम्पमा पेट्रोल सकिएपछि सवारी चालकहरूले विरोध गरेका थिए । झडप नियन्त्रणमा लिन प्रहरीले पनि गोली चलाएको थियो ।

श्रीलंका इतिहासकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । खाद्यान्न, इन्धन र औषधिलगायत अत्यावश्यक वस्तुहरू आयात गर्न श्रीलंकासँग डलरको मौज्दात सकिएको छ ।