अमेरिकाको अनाथालयमा आगलागीः १९ किशोरीको मृत्यु

178

फागुन २६,
एजेन्सी । अमेरिकाको ग्वाटेमाला शहरमा बुधबार एक बाल गृहमा भीषण आगलागी हुँदा कम्तीमा पनि १९ किशोरीको मृत्यु भएको छ जबकी करिब २५ अन्य मानिस घाइते भएका छन् । उक्त दुर्घटनामा मृत्यु हुने युवती १४ देखि १७ वर्ष उमेर समूहको बताइएको छ ।
जानकारीका अनुसार सानजोश पिनोला नगर क्षेत्रमा रहेको उक्त अनाथालय १८ वर्षसम्मको घर÷थर नभएका किशोरीका लागि एक आश्रमको रुपमा स्थापित छ । स्थानीय मिडिया अनुसार ४ सय बच्चाको क्षमता भएके यो बालगृहमा क्षमताभन्दा धेरै बच्चाहरु बस्दथे ।
ग्वाटेमालाको पुलिस अधिकारीका अनुसार घटनास्थलबाट १९ शव निकालिएको छ । उक्त दुर्घटनामा घाइते भएका मानिसहरुलाई अस्पतालमा भर्ना गराइएको छ । यद्यपी, बाल गृहमा आगो लाग्नुका कारण अहिलेसम्म पत्ता लागेको छ ।