Saturday, October 3, 2026
Home अर्थ सनराइज बैंकको शिविर सम्पन्न

सनराइज बैंकको शिविर सम्पन्न

117

काठमाडौं । स्वास्थ्य र त्यसमा पनि विशेष महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको सन्राइज बैंकले काठमाडौंको ओमबहालमा निः शुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ। पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ। सामान्यता महिलाहरू स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गर्छन्। यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठुलो क्षतिबाट जोगिन सकिने डाक्टरहरू बताउँछन्।

जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा निः शुल्क शिविर सञ्चालन गरेको हो। सो शिविरमा करिब ६३ जना महिलाहरूको स्तन परीक्षण गरी उनीहरूलाई स्तन क्यान्सरबारे सचेतना दिइएको थियो। साथै, शिविरमा उपस्थित व्यक्तिहरूलाई निः शुल्क रक्तचाप र मधुमेह परीक्षण सेवा समेत दिइएको थियो। बैंकले नारीहरूलाई बचत गर्न उत्प्रेरणा र उनीहरूको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्तर्गत महिलाहरूलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ। महिलाहरूमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरू यस योजनामा समेटिएको छ। साथै, बैंकले महिलाहरूलाई खर्च स्वरुप १० हजार रूपैयाँसम्म र अस्पताल भर्ना र इएम खर्च गरी एक लाख रूपैयाँसम्म बीमा बापतको रकम दिँदै आएको छ।