चितवनमा पनि एमालेलाई गोलाप्रथा फाप्यो, अधिकारी बने जिसस प्रमुख

181

चितवन । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेबाट उम्मेदवार रहेका नारायण अधिकारी निर्वाचित भएका छन्।
मंगलबार भएको निर्वाचनमा मतदान हुँदा अधिकारी र गठबन्धनका उम्मेदवार पूर्णबहादुर रानाभाटले बराबर मत प्राप्त गरेका थिए। १४ जनाले मतदान गर्दा ७/७ भोट आएपछि गोलाप्रथाबाट अधिकारी निर्वाचित भएका हुन्। एमाले बागमती प्रदेश कमिटी सदस्य रहेका अधिकारी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा इच्छाकामना(३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए। जिसस चितवनको उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी थिइन्। यसअघि भक्तपुरमा पनि एमालेले गोलाप्रथाबाट नै जिसस प्रमुख पद पाएको थियो ।