जनकपुरधाम : धनुषामा एक हप्तादेखि हराइरहेका बालकको शव फेला परेको छ।एक साताअघि सर्लाहीको कबिलासी नगरपालिका-७ गैर बजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-८ मा पाल तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए।गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको परिवारजनले जनाएको थियो। उनको खोजतलास गर्दै आए पनि भेटिएका थिएनन् र अहिले बालकको शव फेला परेको छ।बालकको शव धनुषा र महोत्तरीको सीमामा फेला परेका हो। जनकपुरधाम उपमहानगरपालिका-२२ र महोत्तरीको पीपरा गाउँपालिका-६ वसविट्टीस्थित दुधमती नदीको छेउको पानी भएको झाडीमा सोमबार राति बालकको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए।गरिबीका रेखामुनि रहेका बरहीको घरपरिवार घुमन्ते जीवन (करोडिया) बिताइरहेका र उनीहरू घुमन्ते रहेको र ठाउँठाउँमा पालमा बस्दै आएका छन्। केही महिनादेखि बालकका आमबुबा सहित केही छिमेकी सहित जनकपुरमा टेन्ट तानेर बस्दै आएका हुन्।अस्थायी बसोवास गर्दै घुमी राख्ने (करोडिया) परिवारको अबोध बालकको हत्या हो वा मृत्यु यस विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए।














