Friday, September 18, 2026
Home अर्थ प्रभु बैंकको डिजिटल काउन्टर

प्रभु बैंकको डिजिटल काउन्टर

29

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ वर्ष २०२५ को शुरुवातसँगै विद्युतीय कारोबाररलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर ९प्रभु डिजिटल क्यूब० सञ्चालनमा ल्याएको छ। काउण्टर मार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा विभिन्न केआईओएसके मेसिनको माध्यमबाट नगद जम्मा गर्ने, निकाल्न, क्लियरिङ चेक जम्मा गर्ने, खाताको स्टेटमेण्ट प्रिन्ट गर्न सकिने लगायत सेवा ग्राहक आफैँले गर्नसक्ने व्यवस्था मिलाइएको छ।

यो सेवाको शुरु भएसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झञ्झट अन्त्य भएको बैंकले बताएको छ। हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत विस्तार हुनेछ।
यो सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउने विश्वास बैंकले लिएको छ।