प्रतिनिधिसभामा आजदेखि आर्थिक वर्ष २०७९र८० को बजेटमा मन्त्रालयगत छलफल

98

काठमाडौं : प्रतिनिधिसभामा आजदेखि आर्थिक वर्ष २०७९र८० को बजेटमा मन्त्रालयगत छलफल सुरु हुँदै छ। आजदेखि २७ गतेसम्म छलफल हुने छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक शुरु हुने संसद् बैठकमा आजदेखि विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ।आज ६ मन्त्रालयको छलफल सुरु हुने संसदको कार्यसूचीमा छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रलाय, युवा तथा खेलकूद मन्त्रलाय, श्रम तथा सामाजिक सुरक्षा मन्त्रलाय, वन तथा वातावरण मन्त्रलाय, शहरी विकास मन्त्रालय, भूमि व्यवसथ, सहकारी तथा गरिबी निवारण मन्त्रलाय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलायको छलफल सुरु हुने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा छ। जेठ २६ गते १२ मन्त्रालय र २७ गते बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकमा उठेका प्रश्नको विभागीय मन्त्रीहरुले जवाफ दिनेछन्। मन्त्रालयगत छलफल सकिएपछि बजेट पारित गर्ने प्रक्रिया सुरु हुनेछ।आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ’फौजदारी कसुर तथा फौदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।