एमालेका फरार सांसद कोइरीसहित ६ जनाको विभूषण रद्ध

67

काठमाडौँ । सरकारले सुरक्षाकर्मी हत्या अभियोगमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरीसहित ६ जनाको जनाको विभूषण रद्ध गरेको छ । मन्त्रिपरिषद्को गत साता बसेको बैठकले उनीहरूको विभूषण रद्ध गर्ने निर्णय गरेको हो ।

विभूषण रद्ध गरिएकाहरुमा सशस्त्रका असई थमन विक हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीसहित भ्रष्टाचार मुद्दा खेपिरहेका उद्योगी पशुपति मुरारका, व्यापारी चिराग गोयल, शिक्षकहरू हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ रहेका गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए।

देउवा सरकारले गरेको विभूषण दिने सूचीमा रहेका केही व्यक्तिहरु विवादित रहेका भन्दै आलोचना भएपछि उनीहरूको नाम रद्ध गरिएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार विभूषण रद्ध भएकाहरूको नाम राष्ट्रपति कार्यालय पठाउन लागिएको पोखरेलले जानकारी दिए।

’प्रबल जनसेवाश्री’ घोषणा गरिएका सांसद कोइरीलाई २०७२ भदौ २५ मा मधेसमा भएको सरकारविरोधी प्रदर्शनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्याको अभियोग छ। महतोलाई जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । का फरार व्यक्ति हुन् ।