नेपाली फिल्म ‘प्रेम गीत ३’ असोज ७ गते प्रदर्शनमा

109

काठमाडौं : बहुप्रतीक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ को प्रदर्शन मिति तोकिएको छ। छेतन गुरुङ र सन्तोष सेनले संयुक्तरूपमा निर्देशन गरेको फिल्म दशैँको अवसर पारेर असोज ७ गते प्रदर्शनमा आउने भएको हो।आइतबार सामाजिक सञ्जालमा फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माता सन्तोष सेनले प्रदर्शन मितिको बारेमा जानकारी दिएका हुन्। उनका अनुसार अबको केही दिनमा फिल्मको ट्रेलर पनि सार्वजनिक हुनेछ। २०७६ को चैतमै प्रदर्शनमा आउने भनिएको फिल्म कोरोना संक्रमणका कारण रोकिएको थियो। पाँच करोडको आसपास बजेट रहेको फिल्म प्रेमकथामा आधारित रहेको छ। ऐतिहासिक पृष्ठभूमिमा निर्माण भएको फिल्म हिन्दी भाषामा पनि प्रदर्शन हुनेछ। सफल लभ स्टोरी फिल्म प्रेम गीतको तेस्रो फिल्म भएकाले पनि ‘प्रेम गीत ३’ को प्रतीक्षामा धेरै दर्शक रहेका छन्। प्रेम गीत र प्रेम गीत २ ले व्यवसायिक रूपमा राम्रो प्रदर्शन गरेका थिए।