Saturday, October 3, 2026
Home राजनीति फिक्कलमा पाँच दलीय गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी

फिक्कलमा पाँच दलीय गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी

136

सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी पार्वती सुनुवार ४ हजार ६२ मत ल्याएर विजयी भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी गठबन्धन दल नेपाली कांग्रेसका नृप बहादुर भुजेललाई ४५ मतको मतान्तरले पराजित गर्दै सुनुवार गाउँपालिका अध्यक्षमा विजयी भएकी हुन्। पराजित नेपाली कांग्रेसका भुजेलले ४ हजार १७ मत ल्याएका छन्।

उपाध्यक्षमा पनि नेकपा एमालेका राजु बराल ४ हजार २५६ मत ल्याएर विजयी भएका छन्। बरालले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लोकेन्द्रबहादुर कार्कीलाई ८३० मतको मतान्तरले पराजित गरेका हुन्। पराजित माओवादी केन्द्रका कार्कीले ३ हजार ४२६ मत ल्याएका छन्। एमालेले फिक्कल गाउँपालिकाको चार वटा वडामा विजयी हासिल गरेको छ। वडा नं. १ मा माओवादी केन्द्रका होम बहादुर सुनुवार, वडा नं. २ मा एमालेका शंकर बहादुर भण्डारी, वडा नं. ३ मा एमालेकै टेक बहादुर रजन मगर, वडा नं. ४ मा नेपाली कांग्रेसका मोहन बहादुर सिञ्जाली मगर, वडा नं. ५ मा एमालेका बैकुण्ठलाल पहाडी र वडा नं. ६ मा एमालेकै कुलेन्द्र मगर वडाअध्यक्षमा विजयी भएका छन्।