भक्तपुरको जिल्लाको १६ वटा वडाको मत परिणाम सार्वजनिक, कुन पार्टीले कहाँ जित्यो ?

522

भक्तपुर । स्थानीय तहको निर्वाचन सकिएपछि धमाधम मत गणना जारी छ । त्यसमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका ३, सूर्यविनायक २ वटा वडा, मध्यपुरथिमिको ३ वटा वडा र भक्तपुर नगरपालिकाको ८ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

पहिलो स्थानमा नेपाल मजदुर किसान पार्टी ८ वटा वडाअध्यक्ष पदमा प्यानल सहित बिजेता बनेको छ । नेमकिपाले भक्तपुर नगरपालिकाको १ नं. वडादेखि क्रमश ८ सम्म जितेको हो ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले मध्यपुर थिमिको १,२, ३ नंं. वडा जितेको छ । चाँगुनारायणमा १ र २ नं. वडा जितेको छ । सूर्यविनायक नगरपालिकाको २ नं. वटा जितेको छ । कांग्रेसले अहिलेसम्म भक्तपुरमा ६ वटा वडा जितेको छ ।

तेस्रो स्थानमा नेकपा एमाले रहेको छ । एमालेले सूर्यविनायक नगरपालिकामा १ र चाँगुनारायण नगरपालिकामा ३ नं. वडा जितेको हो । अन्य बाकीँ रहेको वडाहरुको मत गणना भइरहेको छ ।