निर्माण होला हनुमानढोका–स्वयम्भु सम्पदामार्ग

367

चैत ११,
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भुनाथसम्म ‘सम्पदा मार्ग’ निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । कामपा–१५ ले आयोजना गरेको अन्तक्र्रियामा विश्वसम्पदा क्षेत्रमा सूचीकृत दुवै सम्पदास्थलको दूरी करीव दुई किलोमिटर मात्र रहेको हुँदा उक्त सञ्जाललाई ‘सम्पदा मार्ग’ कारुपमा विकास गर्न सुझाइएको छ । सांसद जीवनराम श्रेष्ठले विश्व सम्पदास्थलदेखि विश्व सम्पदास्थलसम्मको यात्रालाई व्यवस्थित बनाउनसकेमा विश्वमा नौलो प्रयोग हुने बताउँदै त्यहाँका संरचना परम्परागत शैलीमा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यस क्षेत्रका सम्पदास्थलको संरक्षण तथा प्रवद्र्धनका लागि उक्त योजना महत्वपूर्ण हुने र मुलुकमा रहेका विभिन्न सम्पदालाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सामुदायिक स्वास्थ्य सेवा परिषद्, भुइँखेल टोल सुधार समिति, तपिता टोल सुधार समिति, चागल क्लवलगायतका संघसंस्था र सरोकार पक्षका प्रतिनिधिले पनि ‘सम्पदा मार्ग’को औचित्य र आवश्यकताबारे प्रष्ट हुनुपर्ने विचार व्यक्त गर्नुभयो । कामपा–१५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले मुलुकका सम्पदालाई प्रचारप्रसार गर्न जनस्तरबाट विशेष भूमिका निर्वाह हुँदै आएको स्मरण गर्दै ‘सम्पदा मार्ग’को अवधारणालाई सफल बनाउनुपर्ने बताउनुभयो । विश्वसम्पदा उत्सव मूल समारोह समितिले आगामी वैशाख ५ गते हुने विश्व सम्पदा दिवसका अवसरमा सम्पदा सचेतना कार्यक्रम गर्ने जनाइएको छ । रासस