जेठ १,
काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिकामा ४ घण्टादेखि सर्वदलिय बैठक जारी छ । ४ घण्टादेखि बसेको बैठकले अझै पनि निष्कर्ष निकाल्न सकेको छैन ।मतगणनामा धाँधली भएको विषयलाई काभ्रेको बेथानचोक गाउँपालिकाको मतगणना कार्य स्थगित भएको थियो । बेथानचोकको अहिले ढुंखर्कमा सर्वदलिय बैठक बसीरहेको छ ।शनिबार रातीदेखि बेथानचोक गाउँपालिकामा मतगणना स्थगित भएको हो । नेकपा एमालेका कार्यकर्ताहरूले मतगणनामा धाँधली भएको आरोप लगाउँदै मतगणना स्थलमा चर्को नाराबाजी गरेका थिए ।