चाँगुनारायणको मेयरमा कांग्रेस अगाडी, कति मत ?

430

भक्तपुर । हिजो सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना कार्य चाँगुनारायण नगरपालिकामा सुरु भइसकेको छ । उक्त नगरपालिकाको १ र २ नं. वडाको मत गणना अनुसार मेयरमा नेपाली कांग्रेसका जिवन खत्रीले १७२ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी मेयर पदकी उम्मेदवार विना बास्तोलाले १५१ मत ल्याएकी छिन् । ९ वटा वडा रहेको यस नगरपालिकामा ३३ हजार २३१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।