बैशाख २३,
सल्यान : घरपरिवार चलाउन कठिनाइ भएपछि अधिकांश युवायुवतीहरु रोजगारीका लाग विदेशिन बाध्य छन्। तर, सीप र ज्ञानको अभाव तथा म्यानपावर कम्पनीबाट ठगिँदै आइरहेका छन्। राम्रो कम्पनीमा काम लगाइदिने भन्दै लालच देखाएर पहिले रकम असुली गर्ने तर पछि सम्पर्कबिहिन हुँदा घरबारी नै बेच्नुपर्ने अवस्थामा समेत पुगेका छन्। म्यानपावर कम्पनीले पहिले एउटा काम र पारिश्रमिक भनेर मलेशिया उडाए पनि मलेशिया पुगेपछि भने अनुसारको काम र पारिश्रमिक नपाएको कालिमाटी गाउँपालिका रुपसिंह वलीले बताए। उनले भने ‘पहिले राम्रो कम्पनी छ, पैसा पनि राम्रो छ भनेर उडायो तर त्यहाँ पुगेपछि भने जस्तो न काम पाइयो र पैसा नै।’गाउँघरमा साहु ऋण गरेर विदेश पुगेपछि भने अनुसारको काम पाइएन भनेर फर्किन नमिल्ने बताउँदै वलीले धेरै नेपाली दलालको चंगुलमा फसेकाले दु:ख पाइरहेको बताए।