१८ जना बालबालिकाको उद्धार

151

जेठ २५,
भीमदत्तनगर । नेपाल प्रहरीले भारतीय सीमा सुरक्षा बलको सहयोगमा छ नाबालिका र १२ बालकसहित १८ बालबालिकाको पश्चिमी नाका गड्डाचौकीबाट आज उद्धार गरेको छ । इप्रका गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले भारत लैजाँदै गरेका बालबालिकासहित उक्त कार्यमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । उद्धार गरिएका बालबालिका अछामको ढकारी गाउँपालिका–७ का रहेको प्रहरीले जनाएको छ । त्यसैगरी बालबालिकालाई फकाएर भारततर्फ लगिरहेका ढकारी गाउँपालिकाकै ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विकलाई नियन्त्रणमा लिइएको छ । उहाँले बालबालिकालाई माइती नेपाल कञ्चनपुरको आश्रयमा राखिने बताउनुभयो ।