Sunday, October 11, 2026
Home समाचार शाहरूख खानले पठाए उपचाररत मुस्कानलाई यस्तो सन्देश

शाहरूख खानले पठाए उपचाररत मुस्कानलाई यस्तो सन्देश

424

असोज २२,
काठमाडौं । एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कान खातुनलाई बलिउड अभिनेता शाहरूख खानले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा ुएसआरके सरोजु नामका व्यक्तिले मुस्कानका बारेमा लेखेको ट्विटमा जवाफ लेख्दै शाहरूखले मुस्कानलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।

भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो। मुस्कानलाई एसिड हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो।