डिभिजन वन कार्यालय मुगुका पदाधिकारीसहित ६ जना कर्मचारीविरुद्धभ्रष्टाचारको मुद्दा विरुद्धहरू

191

बैशाख १४,

काठमाडौं : डिभिजन वन कार्यालय मुगुका कर्मचारीहरू र उपभोक्ता समितिका पदाधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। कार्यालयका वन अधिकृत भरतबहादुर बुढथापा, सब-इन्जिनियर गोरसिंह बढुवाल र तत्कालीन असिस्टेन्ट सब-इन्जिनियर रविन्द्र शाही र उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव विसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। मुगुको सोरु गाउँपालिका-१ जवलधारास्थित काछदेखि छोटासम्मको पदमार्ग निर्माण गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलोमतोमा हुँदै नभएको कामको समेत बढी मूल्यांकन गरी झूटा बिल बनाएर योजनाको विनियोजित रकम पूरै भुक्तानी दिइ सरकारी रकम हिनामिना गरेको अख्तियारले जनाएको छ।