Wednesday, October 7, 2026
Home समाचार शङ्कास्पद अवस्थाका २२ चिनियाँ नागरिकमाथि अनुसन्धान

शङ्कास्पद अवस्थाका २२ चिनियाँ नागरिकमाथि अनुसन्धान

85

बैशाख १४,

काठमाडौं : अध्यागमन विभागले शङ्कास्पद अवस्थाका २२ चिनियाँ नागरिकमाथि अनुसन्धान थालेको छ। व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरूमाथि अनुसन्धान थालेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिए। अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना भने भिसा सकिएको पाइएको जानकारी उनले दिए। उनका अनुसार केही दिनअघि नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक पर्दा उपस्थित हुने गरी छाडिएको र अनुसन्धान भने जारी रहेको छ।