भक्तपुर । तीन दलबीच भक्तपुरमा सहमति भएको छ । जिल्लाका चार मध्य तीन नगरपालिकाका गठबन्धनका दलबीच सहमति भएको छ । जस अनुसार भक्तपुर नगरपालिकाको प्रमुख पद नेपाली कांग्रेस उपप्रमुखमा नेकपा (एकिकृत समाजवादी)लाई दिइएको छ । बागमती प्रदेश स्तरीय गठबन्धनको बैठक नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले मध्यपुर थिमि नगरपालिकाको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख नेकपा (माओवादी केन्द्र) दिएको हो ।
सुर्यविनायक नगरपालिकाको प्रमुख नेपाली कांग्रेस र उपप्रमुखः नेकपा (एकिकृत समाजवादी)लाई दिएको छ । बानिँयाका साथै बैठकमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश उपाध्यक्ष तथा प्रदेश इन्चार्ज केदार प्रसाद नेउपाने हस्ताक्षर गरेका छन् । उता चाँगुनारायण नगरपालिकाको बारेमा भने गठबन्धनले निर्णय गर्न सकेको छैन् ।