काभ्रेपलान्चोकमा गठबन्धन जुट्यो सहमति, यसरी भयो भागबन्डा

156

बैशाख ११,
काठमाडौ ।
पाँचदलबीच काभ्रेपलान्चोक जिल्लामा गठबन्धन गर्ने सहमति कायम भएको छ । गठबन्धनमा भएको सहमति अनुसार नेपाली काग्रेसलाई ४ नगरपालिका र ३ गाउँपालिका भागमा परेको छ ।
जसमा बनेपा नगरपालिका, पनाैती, नमाेबुद्व, पाँचखाल नगरपालिका रहेको छ । तेमाल, राेशी र बेथानचाेक गाउँपालिका काङ्ग्रेसलाई परेको हो । नेकपा एकिकृमाजवादी समाजवादीलाई धुलिखेल र मण्डन देउपुर नगरपालिका भागमा परेको छ । नेकपा माओवादी केन्द्रलाई ४ गाउँपालिका परेको छ । जसमा चाैरीदेउराली, भुम्लु, खानिखाेला र महाभारत गाउँपालिका परेको काङ्ग्रेस काभ्रेका सचिब माधब ढकालले जानकारी दिएका छन् ।