Sunday, September 27, 2026
Home राजनीति १५२औँ लेनिन जयन्तीका अवसरमा दाहाल प्रचण्डले स्मरण गरे ‘वाम एकता सही थियो

१५२औँ लेनिन जयन्तीका अवसरमा दाहाल प्रचण्डले स्मरण गरे ‘वाम एकता सही थियो

98

बैशाख ९,
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले पार्टीका सबै नेता-कार्यकर्ता खराब नभएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवस तथा १५२औँ लेनिन जयन्तीका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उनले एमालेका केही व्यक्तिमा व्यक्तिवादी चरित्रका कारण इमान्दार कार्यकर्ता छायामा परेको बताएका हुन्। अध्यक्ष प्रचण्डले नेकपाको एकता सही भएको भन्दै त्यसबेला करिब ९० प्रतिशत नेता तथा कार्यकर्ता उक्त एकता हुँदा खुशी देखिएको स्मरण गरे। ‘वाम एकता सही थियो। पार्टी नेतृत्वमा देखिएको गैरमार्क्सवादी चरित्रले हाम्रो एकता तुहियो’, तत्कालीन पार्टी अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उनले भने। कार्यक्रममा बोल्दै प्रचण्डले इमान्दार कम्युनिष्ट नेता तथा कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न पनि आव्हान गरेका छन्। ‘अहिले देशमा जनयुद्धका कारणले स्थापित भएका विभिन्न उपलब्धिहरूलाई उल्टाउने षडयन्त्र भइरहेको छ। उल्टाउने कार्यहरूलाई विभिन्न विचारधाराका कम्युनिष्टहरूलाई मन परिरहेको छैन। उहाँहरू र हामी मिलेर प्रतिगमनलाई परास्त गरेर अग्रगमनतर्फ लागौं’, उनले भने।