अध्यक्ष थापाद्दारा खेलकुद बिकास समितिमा पदभार ग्रहण

110

भक्तपुर । खेललकुद बिकाश समितिका अध्यक्ष दीपक थापाले पदभार ग्रहण गरेका छन् । शुक्रबार भक्तपुरस्थित कार्यालयमा उनलाई कार्यालय प्रमुख दुर्गा प्रसाद दुलालले स्वागत गरेका थिए ।
पदभार ग्रहण गर्दै अध्यक्ष थापाले भक्तपुरको खेलकुद बिकासकालागी सबैको साथ सहयोगको खाचो रहेको बताए । “मेरो कार्यकालमा खेल र खेलाडीको बिकाशको सक्दो प्रयास गर्नेछु” अध्यक्ष थापाले भने ।
बागमती प्रदेश खेलकुद बिकाश परिषदले थापालाई फागुन २३ गते अध्यक्षमा नियुक्त गरेको थियो ।