चैत २४,
काठमाडौं : तीन सय वर्ष पुरानो बिस्काः (बिस्केट) जात्राका लागि भक्तपुरको न्यातपोल मन्दिर परिसरमा भैरवको रथ निर्माण भइरहेको छ। स्थानीय कालीगढ र शिल्पकारहरू रथ बनाउन व्यस्त छन्। भक्तपुरमा तथा तोखा र थिमिमा वार्षिक रूपमा मनाइने पर्व हो- बिस्का जात्रा । यो वर्षको बिस्का जात्रा चैत २७ देखि वैशाख ५ गतेसम्म चल्ने छ। यो जात्रा ८ रात ९ दिनसम्म हुने गर्छ।













