चैत २, काभ्रे । धुलिखेल नगरपालिका वडा नम्बर न.८ का वडा अध्यक्ष निराजन जङ्गमले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । एमालेबाट निर्वाचित वडाअध्यक्ष जङ्गमलाई बुधबार नेपाली काँग्रेस केन्द्रिय सदस्य गणेश लामाले पार्टी प्रवेश गराएका हुन् ।
उनलाई कांग्रेस नेता एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य लामा, काभ्रे कांग्रेसका जिल्ला सभापति तिर्थ लामा लगाएतले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।