Wednesday, October 14, 2026
Home राजनीति नेपाली कांग्रेस : धनुषा जिल्ला अधिवेशन शुरु

नेपाली कांग्रेस : धनुषा जिल्ला अधिवेशन शुरु

213

जनकपुरधाम : नेपाली कांग्रेसको धनुषा जिल्ला अधिवेशनका लागि बिहीबारबाट चुनावी प्रक्रिया शुरु भएको छ। जिल्ला अधिवेशनमा ३ हजार ५१ प्रतिनिधि मतदाता रहेका छन्। अधिवेशनमा ९१ पदका लगि ३ प्यानलको उम्मेदवारी परेको छ।संस्थापन पक्षबाट सन्तोषकुमार यादव, शेखर कोइराला समूहबाट दिनेशपरसैला यादव र विमलेन्द्र निधिको समूहबाट योगेन्द्र पञ्जियार ‘जोगी’ले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।सन्तोष यादव जिल्ला उपसभापति हुन् भने पञ्जियार क्षीरेश्वरनाथ नगरपालिकाका मेयर रहेका छन्। दिनेश परसैला संविधानसभा सदस्य हुन्।

उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। गणेशप्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्रप्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिका निर्वाचन अधिकृत अरुण ज्ञवालीले बताए। यसैगरी सचिव पदमा नरेश यादव, श्यामचन्द्र यादव, नवलकिशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धीरेन्द्रमोहन झा, शिवशंकरकुमार गोइत, दीपेन्द्रकुमार भडखेर र कन्हैयाकुमार कर्णले उम्मेदवारी दिएका हुन्। सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेशकुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो. साकिर राइनले उम्मेदवारी दिएका छन्।