Tuesday, September 22, 2026
Home अपराध सौताको हत्यामा संलग्न कारागार चलान

सौताको हत्यामा संलग्न कारागार चलान

64

फागुन १९,

बैतडी : हत्या आरोपमा पक्राउ परेकी दोगडाकेदार गाउँपालिका-२ मल्लागाउँकी ५५ वर्षीया नारू महरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीले उनलाई हत्यामा संलग्न रहेको ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। गत माघ १८ मा उनकी सौता ४० वर्षीया चन्द्रा महरा घर नजिकैको बाँझो घर मृत फेला परेकी थिइन्। त्यसपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। नारूले हत्यामा आफ्नो संलग्नता रहेको स्वीकारेको प्रहरीले बताएको छ।चन्द्राको घाँटी र मुखमा चोट रहेको थियो। नारूले घटना हुनु पहिला पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको थियो। श्रीमानको यसअघि नै मृत्यु भइसकेको छ। नारूका सन्तान छैनन्। मृतक चन्द्राका एक छोरा र एक छोरी छन्।