फागुन ११,
चितवन : नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा आफू दोधारमा परेको बताएकी छिन्।बुधबार चितवनको भरतपुरस्थित पार्टी कार्यालयमा प्रतिक्रिया दिंदै उनले पार्टीको निर्णय स्वीकार गर्ने बताईन्। ‘हाम्रो जस्तो गरीब देशलाई एमसीसी पनि चाहिन्छ, यसलाई विचार गरेर, अध्ययन गरेर पास गर्नुपर्छ’, उनले भनिन् । आफू सरकारमा रहेको हुनाले सरकारको विरोध गर्न नसक्ने उनको भनाई थिय‘म झण्डा भएको गाडी र सुरक्षाकर्मीसहित हिँड्ने म नै सडकमा उही सुरक्षाकर्मीलाई ढुंगा हान्न कदापी मिल्दैन ।’ उनले थपिन्।आफ्ना पार्टीका नेता र कार्यकर्ता सडकमा आफू सरकारमा रहेको कारण दोधारमा रहेको उनले बताइन् ।‘नेपाली कांग्रेस पार्टी र प्रधानमन्त्री पूर्ण रुपमा एमसीसीको पक्षमा हुनुहुन्छ। म त्यही सरकारको मन्त्री मैले कसरी बिरोध गर्न कहाँ सक्छु र ! उनले भनिन्, अर्कोतिर हाम्रो पार्टीका नेता कार्यकर्ता एमसीसीको विरोधमा सडकमा हुनुहुन्छ, उहाँहरुले बोलाउँदैमा जान मिल्छ र ? तर पार्टीले जे निर्णय गर्छ त्यो चाहिँ स्वीकार्नुपर्छ।’