काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले गरि जुवा तास खेली रहेका ६ जनालाई पक्राउ गरेको छ । नमोबुद्ध नगरपालिका वडा नं. ७ खनालथोक स्थित हाल बसोबास नगरेको गोपाल कुईकेलको घरमा अबैध रुपमा जुवा तास खेली रहेकाहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी हरि खतिवडाका अनुसार पक्राउ पर्नेहरुमा धुलिखेल नगरपालिका वडा नं. ३ बस्ने वर्ष ४० को अर्जुन तामाङ, वडा नं. ११ बस्ने वर्ष ५५ को लक्ष्मण प्रसाद थपलिया, पनौती नगरपालिका वडा नं. १२ बस्ने वर्ष ३० को राजकुमार न्यौपाने रहेका छन् ।
त्यसैगरि रौतहट बोधिमाई नगरपालिका वडा नं. २ बस्ने वर्ष ३२ को संजिव जैसवाल, दोलखा बैतेश्वर गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ३० को जगदिश दियाली, सर्लाही ईश्वरपुर गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४२ को हरि बहादुर रोक्का पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैया दुई लाख अठासी हजार तिस रुपैयाँ, तास नखोलेको १६ बट्टा र खोलेको ३ बुक, तन्ना थान–१ बरादम गरको छ ।
बाजी थापी अबैध रुपमा तास खेली खेलाई रहेको अवस्थामा खाल र मानिसहरुलाई नियन्त्रणमा लिई कानुन बमोजिम रित पुर्वक उक्त खालबाट नगद समेत बरामद गरी कानुन बमोजिम पक्राउ गरिएको प्रहरी जानकारी दिएको छ । मुलुकी फौजदारी संहिता,२०७४“ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको डीएसपी खतिवडाले बताए ।