भक्तपुर एमालेको अधिवेशनः देउजा र थापाको समुहका यी हुन् उम्मेदवार

405

पुस २१,
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशन पुस २३ गते हुदैंछ । जिल्लाको अगामी नेतृत्व कसले लिने भन्ने विषयमा अहिलेसम्म दुई जनाले दाबी गरेका छन् । हालका अध्यक्ष बचन देउजा र बागमती प्रदेशका सांसद समेत रहेका शशिजंग थापाले अनौपचारीक रुपमा अध्यक्षको घोषणा गरिसकेका छन् ।

आठौं जिल्ला अधिवेशनबाट १०५ सदस्यीय हुने कमिटीमा सर्वसंम्वत हुन नसके प्यानलनै बनाएर चुनावी मैदानमा उत्रने दुई पक्षको तयारी रहेको स्रोतले जानकारी दिएको छ । प्रदेश सांसद थापा अध्यक्षको उम्मेवार भए उनको समुहबाट रामबहादुर श्रेष्ठ वा मोहनवीर श्रेष्ठ उपाध्यक्ष हुने चर्चा रहेको छ । सचिबमा मोहनवीर वा मदन सुन्दर श्रेष्ठ हुन सक्ने एक नेताले बताए ।

देउजा समुहले भने आफुहरु पार्टी अधिवेशन भव्य बनाउन लागेकोले टीम बनाउन नभ्याएको भन्दै आएको छ । देउजा समुहबाट बाशुदेव थापा उपाध्यक्ष हुने देखिएको छ । एमाले भक्तपुरको आठौं अधिवेशनको बन्द सत्रमा ५ सय ९ जना प्रतिनिधी सहभागी हुनेछन् । पुस २३ गते उद्घाटन सत्र र २४ गते बन्दसत्र गर्ने तयारीमा एमाले पार्टी कमिटी रहेको छ ।