२२ जना एसपीहरूको सरुवाः सर्लाहीमा कृष्ण प्रसाई

201

मंसिर ५, काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । मङ्सिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको छ । विज्ञप्तिका अनुसार २ न. प्रदेश प्रहरी कार्यालय
जनकपुरका एसपी कृष्ण प्रसाईलाई जिल्ला प्रहरी कार्यालय सर्लाही सरुवा गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट प्रहरी उपरीक्षक अवि नारायण काफ्लेलाई जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा गरिएको छ भने जिल्ला प्रहरी कार्यालय तनहुँबाट दिनेशराज मैनालीलाई महानगरीय प्रहरी परिसर काठमाडौँ सरुवा गरिएको छ । त्यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्सालमा रहेका वसन्त रजौरेलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।