फेसबुकका मालिकलाई ७ अर्ब नोक्सानी

70

असोज १९, काठमाडौ । फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई व्यक्तिगत रुपमा भारी नोक्सानी पुगेको छ । केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर (७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् ।

नेपाली समयानुसार सोमबार राती करिब १० बजेतिर संसारभरी फेसबुकका सबै सेवा डाउन भएको थियो । फेसबुकका विभिन्न सेवाका साथै इन्स्टाग्राम, ह्वाट्सएप, अमेरिकी टेलिकम कम्पनी जस्तै भेरिजोन,At&t र टी मोबाइलको सेवा घण्टौंसम्म ठप्प रह्यो ।