भक्तपुरका विद्युतीय सामग्री व्यवसायीको प्रहरीलाई ज्ञापन पत्र

121

भदौं १५,
भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ र भक्तपुर मोबाइल व्यवसायी संघले प्रहरीलाई ज्ञापन पत्र दिएको छ । विगत केही दिनदेखि बढन थालेको मोबाइल चोरी तथा लुटपाटका घटना नियन्त्रणका लागि थप सजगता अपनाउन अनुरोध गर्दै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक श्री शिव कुमार श्रेष्ठ सामू ज्ञापन पत्र दिएको हो ।

भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले उक्त ज्ञापन पत्र पेश गर्दै मोबाइल लुटेर लग्ने जस्ता गतिविधिहरु वृद्धिहुन थालेको हुंदा त्यस्ताघटनाबाट व्यवसायीहरु पिडित भएको बताए । साथै जिउ ज्यानमै समेत खतरा महसुस गर्न थालेको विषय प्रति महानगरीय प्रहरी परिसरको उनले ध्यानाकर्षण गराए ।

सो अवसरमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक शिव कुमार श्रेष्ठले जिल्लामा शान्ति सुव्यवस्था कायम गराउन प्रहरी प्रशासन सदैव क्रियाशिल रहेको बताए ।
अपराधिक गतिविधिमा संकास्पद कुनै व्यक्ति देखिएमा वा कुनै घटना भएमा तत्काल प्रहरीको १०० नम्बरमा सूचना गरी सहयोग पु¥याउनु हुन अनुरोध गरे ।

ज्ञापन पत्र पेश गर्ने क्रममा भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्ष माधव प्रसाद प्रजापति, भक्तपुर मोबाइल व्यवसायी संघका अध्यक्ष श्याम नगरकोटी लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।