इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो

147
OG›fjtL t];|f] hnljB't cfof]hgfsf] 8ofd 5]pdf uPsf] klx/f] l;Gw'kfNrf]s, * ebf}M kfFrkf]v/L,yfªkfn ufpFkflnsf–* nfFur]{ OG›fjtL t];|f] hnljB't cfof]hgfsf] 8ofd ;fO8 5]pdf uPsf] klx/f] . dªunaf/ /flt uPsf] klx/f]n] d]uf a}+sdf sfo{/t sd{rf/Lsf] Ps df]6/;fOsn k'l/Psf] 5 . tl:a/M b]j/fh ;'j]bL÷/f;;

भदौं ८,
सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ । गए राति ९ बजे गएको पहिरोमा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए ।

अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए । निरन्तरको वर्षापछि आएको पहिराले मेलम्ची भेताङग जोड्ने मोटरबाटोमा पनि क्षति पुगेको छ । यस क्षेत्रमा पैदल हिँड्न समेत अति डर मर्दो अवस्था रहेको भुजेलले बताए ।
असार १ र त्यसपछिका बाढीपहिरोले यस सडकमा यातायातका साधन चलेका छैनन् । पहिरो ठूलो भएको, पुल बगाएको तथा जताततै सडक क्षति भएकाले मर्मतमा समस्या भएको गाउँपालिकाले जनाएको छ ।