तपाईंलाई मैलुङ खोला जलविद्युतको आइपीओ पर्यो ?

104

साउन २६, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो ।

यस कम्पनीको आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो। स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ।

जसमध्ये ६ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर हात पारेका छन् ।

कम्पनीले कुल सात लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गरेको हो । साउन १४ उक्त बिक्री खुला भएको आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको थियो ।