आजदेखी मानुषी लघुवित्तको आईपीओ भर्न सकिने

44

साउन २७,काठमाडौं । आजदेखी मानुषी लघुवित्त कम्पनीको शेयर खुला भएको छ । कम्पनीको ३ लाख ९३ हजार कित्ता साधारण शेयर बुधबारदेखि सर्वसाधारणलाई खुला भएको हो । बुधबार कार्यालय समयबा खुला हुने शेयर आवेदन आइतबारको बैंकिङ समयपछि बन्द हुनेछ ।

यो शेयरमध्ये कम्पनीले १९ हजार ६ सय ८८ कित्ता शेयर म्युचुअल फण्डलाई र ५ हजार ४ सय ६९ कित्ता शेयर कर्मचारीलाई छुट्याएर बाँकी रहेको ६ लाख ६८ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गर्नेछ ।

सो लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट रहेको छ । आईपीओ जारी भएसँगै कम्पनीको चुक्ता पुँजी १० करोड नाघ्नेछ । मानुषीले जारी पुँजीको ३६ प्रतिशत बराबर आईपीओ जारी गर्न लागेको हो ।