नगरकोटको वनमा भिषण आगलागी

273

बैशाख १२,
काभ्रे । नगरकोटमा रहेको दाउरा बिसाउना सामुदायिक वनमा भिषण आगलागी भएको छ । आइतबार बिहान १० बजेपछि काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा २ मा पर्ने उक्त सामुदायिक वनमा आगलागी सुरु भएको हो । नगरकोटस्थित नेपाली सेनाको तालिम केन्द्र नजिकैसम्म आएको आगो अहिले ४ बजेतिर नियन्त्रणमा आएको नगरकोट नाल्दुम पर्यटन विकाश समितका अध्यक्ष नविन गुरुङ्गले जानकारी दिएका छन् । नियन्त्रणमा आगो आएकाले ठुलो क्षति हुनबाट जोगिएको उनको भनाई छ । आगलागी नियन्त्रणमा नेपाली सेनाको वार कलेजका सैनिक, नेपाल प्रहरीको नगरकोट प्रभाग र बालुवापाटी चौकीँ, पर्यटन व्यवसायी, स्थानीय जनता र जुद्ध वारुण यन्त्र भक्तपुरको दमकलको सहयोगमा आयो नियन्त्रणमा आएको छ । सामुदायिक वनमा लागेको आगोको कारणले हजारौं रुख र विरुवा जलेर नष्ट भएका छन् । आगलागी के कति कारण भयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । वनको करिब ७० रोपनी क्षेत्रफल भू भाग आगोले नष्ट गरेको छ ।