Saturday, October 3, 2026
Home स्वास्थ्य कोरोनो त्रास फेरि बढ्दैः ५५९ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

कोरोनो त्रास फेरि बढ्दैः ५५९ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

113
फाइल तस्विर

चैत ३०,
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १५९ जना, त्यसपछि ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअवधिमा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको छ । त्यस्तै, नेपालमा सक्रिय संक्रमितको संख्या ३३०६ रहेको छ ।