भारत कोरोना संक्रमण निरन्तर बढ्दो, अस्पतालहरुमा बेड पाउन मुश्किल

76
सांकेतिक तस्विर

चैत २९,
काठमाडौं । पछिल्लो एक महिनायता भारतमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । सन् २०२० को सेप्टेम्बर महिनामा सबैभन्दा उच्च विन्दुमा पुगेको कोरोना संक्रमण त्यसपछि घट्न थलेको थियो । तर सन् २०२१ को मार्चदेखि भने यो संख्या निरन्तर बढ्न थाल्यो । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०को तथ्यांकअनुसार गत सेप्टेम्बरमा संक्रमित संख्या दैनिक ९७ हजार पुगेर घट्दो क्रममा थियो । तर भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांक अनुसार आइतबार पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ नयाँ संक्रमित भेटिएका छन् । महामारी सुरु भएपछि भारतमा पहिलोपटक एकैदिन यति धेरै संख्यामा नयाँ संक्रमित थपिएका हुन् । आइतबार एकै दिन ८३९ कोरोना संक्रमितको मृत्यु भएको छ । यहिँ कारणले गर्दा अस्पतालहरुमा बेड पाउन समेत मुस्किल भएको छ ।