Monday, October 12, 2026
Home समाचार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

188
फाइल तस्विर

काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार १४ पुगेको छ। गत २४ घण्टाभित्र नेपालमा ६० जना कोरोना संक्रमित थपिएका छन्। उक्त अवधिमा दुई हजार तीन सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७५ हजार एक सय ७८ पुगेको छ।