माघ ६,
काठमाडौं । नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित हिमालय एअरलाइन्स जनवरी १९मा आफ्नो पहिलो उच्च उचाई गन्तव्य–ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको छ । ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो, जसले संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको छ । आजको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकावद्ध उडानहरू सुरू गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको कम्पनीले जनाएको छ ।
परीक्षण उडान ज्ढ ढटज्ञ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बिहान ७ः१७ बजे ९स्थानीय समय०मा ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०ः४६ बजे स्थानीय समयमा अवतरण गरेको छ । ल्हासाबाट फिर्ती उडान आजै अपरान्ह १५ः०० बजे भएको छ ।
एअरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले, वरिष्ठ क्याप्टेनहरु सहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् र चालक दलले ल्हासा स्थित गोंगर अन्तर्राष्ट्रिय विमान स्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउने छन् ।














