माघ ५
हुम्ला । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरू गरेका छन् । नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्ने सबै एयरलाइन्सले सहुलियत उडान पुनः शुरु गरिएको कार्गो व्यवसायी विष्णु रावतले बताए । यहाँका न्यून आयस्रोत भएका व्यक्तिलाई लक्षित गरी एयरलाइन्सले सहुलियत उडान भर्न शुरू गरिएको उनले बताए ।
नेपालगञ्जबाट सिमकोट उडानका लागि चार्टर भाडादर चर्को भएका बेला यसले हुम्लावासीलाई केही राहत पुगेको छ । नयाँ सहुलियत उडानको भाडादर सीता एयरलाइन्सले र तारा एयरलाइन्सले रु छ हजार तथा नेपाल एयरलाइन्सले रु पाँच हजार ९७५ तोकेको बताइएको छ । सबै एयरलाइन्सले हप्तामा एकरएक उडान भर्न शुरू गरेका छन् ।