पाण्डुबजार हाईटमा यसरी गयो कार्कीको ज्यान

133
सांकेतिक तस्विर

पुस २२,
भक्तपुर । सूर्यविनायकमा रेलिङ बनाउने एक जना मजदुरको खसेर मृत्यु भएको छ । बुधबार सुर्यविनायक नगरपालिका वडा नं. ६, पाण्डुबजार हाईटमा रहेको गोविन्द राजकर्णीकारको घरमा रेलिङ हाल्ने क्रममा खसेर ४० वर्षका ईश्वर कार्कीको मृत्यु भएको हो । कार्की अचानक लडी जमिनमा खसि गम्भिर घाइते भएकोमा तत्कालै स्थानियहरुको सहयोगमा उपचारको लागी मध्यपुर अस्पताल लगीएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ९, फुलासी घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ६ बस्ने राजन खड्काले ठेक्का लिएर उक्त घरको रेलिङ लगाउन कार्कीलाई काममा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस घटना बारेमा थप अनुसन्धानबाट कार्य भईरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिएका छन् ।