अमेरिकाको राष्ट्रपति निर्वाचनः जीतको नजिक बाइडेन

214

कार्तिक २०,
अमेरिका । जो बाइडेडले हाल ट्रम्पसँग २५३–२१३ को अग्रता हासिल गरिरहेका छन् । एरिजोना, जर्जिया, नेभाडा, नर्थ क्यारोलाइना र पेन्सिलभिनियामा निकै नजिकको टक्कर भइरहेको छ । डेमोक्रेटिक पार्टीबाट अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले बाराक ओबामाको लोकप्रिय मतको कीर्तिमानलाई तोडेका छन् । राष्ट्रपतीय चुनावमा सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरेको नयाँ कीर्तिमान बनाउन बाइडेन सफल भएका हुन् । बाराक ओबामाले सन् २००८ मा ६ करोड ९४ लाख ९८ हजार ५१६ मत प्राप्त गरेका थिए । यसपटक बाइडेनले ओबामालाई उछिन्दै ७ करोड ४ लाख २७ हजार ६०९ हजार मत प्राप्त गरिसकेका छन् ।

हाल बाइडेनले वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि अग्रता कायम गरिरहेका छन् । जीतका लागि आवश्यक २७० इलेक्टोरल मत बाइडेन निकट रहेको विभिन्न मत सर्वेक्षणले देखाएको छ । सीएनएनका अनुसार मिसिगन राज्यमा जीत हासिल गरेसँगै नयाँ राष्ट्रपतिका लागि निर्वाचित हुन बाइडेन अब मात्र १७ मतले पछि छन् ।