मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

92

कार्तिक ६,
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि होम आइसोलेसनमा बस्दै आएका मुख्यमन्त्री पौडेललाई बिहीबार कोरोना पुष्टि भएको हो । मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस संयोजक प्रकाश दाहालले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
दाहालका अनुसार मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि बिहीवार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केही दिनअघि काठमाडौ आएर हेटौडा फर्केका पौडल लगत्तै अस्वस्थ भएका थिए ।