१ लाख २ हजार नेपालीलाई कोरोना भाइरसको संक्रमण निको भयो

167

कार्तिक ६,
काठमाडौं । देशभर कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ लाख २ हजार नाघेको छ । बितेको २४ घण्टामा ३ हजार २१५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख २ हजार ८२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार हाल १ लाख ४८ हजार ५०९ मध्ये देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २१ जनाको मृत्यु भएको छ ।