चाँगुनारायण नगरपालिकाको कार्यालय बन्द

758

असोज २५,
भक्तपुर । चाँगुनारायण नगरपालिकाको कार्यालयमा कार्यरत केही कर्मचारी र जनप्रनिधिलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । त्यो संगै आइतबारदेखि केही दिनका लागि कार्यालयबाट प्रदान गरिने सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् । संक्रमितको नजिक सम्पर्कमा हुनुभएको वा लक्षण देखिएका सबैले परीक्षण गराउन र सतर्कता अपनाउन सबैलाई नगरप्रमुख मिश्रले आग्रह गरेका छन् । संक्रमित कर्मचारीको संम्र्पकमा रहेका सबै जनाको आइतबार विहानबाट नै कन्ट्रयाक ट्रसिङ्ग सुरु भएको उनको भनाई छ ।

नगर कार्यपालिकाले एक सूचना जारी गरेर संक्रिमितसंग नजिक रहेकाहरुको स्वाब परिक्षण सुरु भएकाले आइतबारबाट अर्को सूचना जारी नभएसम्मकालागि कार्यालय बन्द भएको जानकारी दिएका हो । नगरप्रमुख मिश्रका अनुसार चाँगुनारायण नगरपालिकाका हालसम्म २ जना जनप्रतिनिधि, २ जना अधिकृत, २ जना स्वास्थ्यकर्मी गरेर ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चाँगुनारायणमा कोरोना भाईरस संक्रमणको कारणले एक जनाको मृत्यु भएको छ ।