जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

223
सांकेतिक तस्विर

असोज २२
सुर्खेत । जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा परी मुत्यु हुनेको संख्या सात पुगेको छ । बिहीबार जुनीचाँदे गाउँपालिका–११, का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या सात पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जाने क्रममा भे १ ज ९३५ नम्बरको जिप बुधबार दिउँसो ३ बजे जुनीचाँदे गाउँपालिका–२ स्थित औलखोलामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृतीबहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्णबहादुर शाही, ३० वर्षीय खिमबहादुर शाही र छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका नरबहादुर बुढाको भने सुर्खेतस्थित देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।