असोज २०,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुनै छलफल भएन । प्रधानमन्त्री निवासमा आज बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल हुने भनिएको थियो तर त्यसको विषयमा कुनै चर्चा नै नभएको बताइएको छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको बारेमा कुनै पनि छलफल नभएको बताए । उक्त विषयमा प्रधानमन्त्री केपी शर्माओलीले कुनै पनि प्रस्ताव नराखेको जानकारी उनले दिए । मन्त्रिपरिषद्मा खाली रहेका तीनवटा मन्त्रालयमा तीन मन्त्री पार्टीले सिफारिस गर्ने आजको कार्यसूची थियो । तर व्यक्तिको नाम टुङ्गो लागेपनि मन्त्रालयको टुङ्गो नलागेको कारण आजको बैठकमा छलफल नभएको स्रोतले जनाएको छ । अर्थ मन्त्रालयका लागि पार्टीका महासचिव विष्णु पौडेल र सुरेन्द्र पाण्डेले दावी गरिरहेका छन् । यो विषयमा अध्यक्षद्धयको बीचमा सहमति नभएका कारण छलफल नभएको बताइएको छ ।